म बजाउछु बासुरी
म बजाउछु बासुरी
तिमी गाउ गाना ॥
जब तिम्रो याद अउछ
छोडी दिन्छु खाना ॥
रुख बाट झरेको पुूल हौँ तिमी
पवित्र मन्दिरमा चढाउन नखोज ॥
भभराले रस चुसेको पुूल हौँ तिमी
निर्दोष मौरीलाई भुलाउन नखोज ॥
पुूल पुल्यो डाली-डाली
भमराको ताँती ।
म तिम्रो तिमी मेरो
जिन्दगीको साथी ॥
तिमी गाउ गाना ॥
जब तिम्रो याद अउछ
छोडी दिन्छु खाना ॥
रुख बाट झरेको पुूल हौँ तिमी
पवित्र मन्दिरमा चढाउन नखोज ॥
भभराले रस चुसेको पुूल हौँ तिमी
निर्दोष मौरीलाई भुलाउन नखोज ॥
पुूल पुल्यो डाली-डाली
भमराको ताँती ।
म तिम्रो तिमी मेरो
जिन्दगीको साथी ॥
सम्झेर अतित याद आउछ
सम्झेर अतित याद आउछ
तिम्रो झन
गाउन जिवनको मिठो गित
ओठ यी डराउछ
खडेरी पर् यो बनमा आज
मखमली ओइल्यायो
वनमा आज गाउदैन कोहिली
हिमालमा मुनाल
मारेर गयो माया सबैले
जिवन भयो बेहाल ॥
गुलाफको फुललाई मात्र होइन
काँडालाई पनि हेर्ने गर ।
सम्पन्न मानिसलाई मात्र होइन
यो घायल प्रेमीलाई पनि हेर्ने गर ॥
तिम्रो झन
गाउन जिवनको मिठो गित
ओठ यी डराउछ
खडेरी पर् यो बनमा आज
मखमली ओइल्यायो
वनमा आज गाउदैन कोहिली
हिमालमा मुनाल
मारेर गयो माया सबैले
जिवन भयो बेहाल ॥
गुलाफको फुललाई मात्र होइन
काँडालाई पनि हेर्ने गर ।
सम्पन्न मानिसलाई मात्र होइन
यो घायल प्रेमीलाई पनि हेर्ने गर ॥
पानी पर्ने रमाइलो मौसममा, तिमी याद आउँछौ
पानी पर्यो भने त झन, धेरै याद आउँछौ ।।
पानीमा म भिजें भने, यादको सीमा रहन्न
आरे निस्ठुरी भनत कैले, मेरो छाता फर्काउँछौ??
पानी पर्यो भने त झन, धेरै याद आउँछौ ।।
पानीमा म भिजें भने, यादको सीमा रहन्न
आरे निस्ठुरी भनत कैले, मेरो छाता फर्काउँछौ??
बिज्ञान र कविता
संसार;
बिज्ञानको हत्केलामा देखेपछी
त्यो कवीले
निसंकोच बिज्ञान पढ्यो ।
अनी,
उसको कवितामा षोडशी स्त्री हैन,
सैयौँ ईलेक्ट्रोनहरु प्रवेश गरे ।
फलस्वरूप;
ति शब्दहरु मात्तिए ।
अर्थहरु आत्तिए
र
कविता करेन्ट भयो …
साँच्चै करेन्ट ।
संसार;
बिज्ञानको हत्केलामा देखेपछी
त्यो कवीले
निसंकोच बिज्ञान पढ्यो ।
अनी,
उसको कवितामा षोडशी स्त्री हैन,
सैयौँ ईलेक्ट्रोनहरु प्रवेश गरे ।
फलस्वरूप;
ति शब्दहरु मात्तिए ।
अर्थहरु आत्तिए
र
कविता करेन्ट भयो …
साँच्चै करेन्ट ।
चाँदनी
एक्लै हुन्छे, रातमा चाँदनी ।
चुपचाप, मातमा चाँदनी ।
अद्दित्तिय शितलता काफी
चाँहिदैन, हातमा चाँदनी ।
लठ्ठ हुँदा हेरेर त्यो रुप
पाउँछु म, माथमा चाँदनी ।
बादल त्यो उत्पात गर्जदा
निडर, बर्षातमा चाँदनी ।
छर्दाछर्दै ‘प्रकाश’ उसको
बिलाउँछे, प्रातमा चाँदनी ।
एक्लै हुन्छे, रातमा चाँदनी ।
चुपचाप, मातमा चाँदनी ।
अद्दित्तिय शितलता काफी
चाँहिदैन, हातमा चाँदनी ।
लठ्ठ हुँदा हेरेर त्यो रुप
पाउँछु म, माथमा चाँदनी ।
बादल त्यो उत्पात गर्जदा
निडर, बर्षातमा चाँदनी ।
छर्दाछर्दै ‘प्रकाश’ उसको
बिलाउँछे, प्रातमा चाँदनी ।
गुनासो, सान्दिदीसँग
सान्दीदी !
चित्त बुझेन, मन मानेन ।
तिमीसँग आज गुनासो पोख्छु ।
बाल्यकालमै तिम्ले गाँउ छोड्यौ,
शहरमा मान्छेको समुद्रछाल छिचोल्दै,
आयतनयुक्त मोती टिप्ने अभिलाषामा ।
अनी त चटक्कै बिर्सियौ है,
बेँसिको देउरालीमा ढुंगामाटोको पसल खेलेको,
मेरो पुतली तिम्ले चोर्दा घरपछाडी कुटाकुट गरेको,
गोठालो जाँदा चुत्रोको बोटमा दिनभरी झुन्डेको ।
मलाई अचम्म लाग्छ,
त्यती मायाले आँगनमा रोपेको त्यो लालुपातेको,
तिम्लाई कत्ती पनि सम्झना आएन ?
चिरौटे चौतारीको त्यो शितलताले,
शहरको गर्मीमा भतभती पोलेन ?
सान्दिदी !
तिम्ले गाँउ छोडेपछी,
यहाँ त अनौठो युद्द पो चर्कियो ।
हत्या, अपहरन भईरहन्थ्यो ।
नोखराज दाई पनि अब हामी माझ रहेनन ।
स्कुलबाटै अपहरन गर्थे हाम्लाई त !
धेरै चोटि सुनियो: सहउठान र आमुल परिवर्तनका भाषणहरु ।
उखुझ्याङ पछाडि एक दुइवटा लाश अनौठो लाग्दैन्थ्यो, सान्दिदी ।
हजुरबा त रातिराती हिंड्नुहुन्थ्यो, गाउबेशिको कामले ।
उहाँलाई सोध त,
यो कहालीलाग्दो रक्ताम्य युग हाम्ले कसरी काट्यौ ?
आँखिझ्याल पनि थुन्थ्यौ, साह्रै डर लाग्थ्यो;
अनी सासले बोल्थ्यौ सान्दिदी, सासले !!!
जनयुद्द, क्रान्तिको ज्वाला भन्थे,
पलपल होमिन उक्साउथेँ;
तर हामी त यसको रापमै जल्यौ, सान्दिदी !
सायद कहिल्यै नथाक्ने घाऊ बटुल्नलाई ।
गामबेशी गर्दै आफ्नो डोकेजीवनका,
पसिना चुहाउने बैशाखहरु यसरी कटे सान्दिदी ।
मनमा अझ थुप्रै पिडा छन,
नथाक्ने घाऊ त कती कती ।
गुनासा अझै बाँकी छन,
तिम्रो बियोग खप्न नसकेर
लालुपाते रुँदैछ,
देउराली सुसेल्दै छ,
चौतारी पर्खिरा’छ ।
एकचोटी गाउँ आउ है, सान्दिदी !!!
सान्दीदी !
चित्त बुझेन, मन मानेन ।
तिमीसँग आज गुनासो पोख्छु ।
बाल्यकालमै तिम्ले गाँउ छोड्यौ,
शहरमा मान्छेको समुद्रछाल छिचोल्दै,
आयतनयुक्त मोती टिप्ने अभिलाषामा ।
अनी त चटक्कै बिर्सियौ है,
बेँसिको देउरालीमा ढुंगामाटोको पसल खेलेको,
मेरो पुतली तिम्ले चोर्दा घरपछाडी कुटाकुट गरेको,
गोठालो जाँदा चुत्रोको बोटमा दिनभरी झुन्डेको ।
मलाई अचम्म लाग्छ,
त्यती मायाले आँगनमा रोपेको त्यो लालुपातेको,
तिम्लाई कत्ती पनि सम्झना आएन ?
चिरौटे चौतारीको त्यो शितलताले,
शहरको गर्मीमा भतभती पोलेन ?
सान्दिदी !
तिम्ले गाँउ छोडेपछी,
यहाँ त अनौठो युद्द पो चर्कियो ।
हत्या, अपहरन भईरहन्थ्यो ।
नोखराज दाई पनि अब हामी माझ रहेनन ।
स्कुलबाटै अपहरन गर्थे हाम्लाई त !
धेरै चोटि सुनियो: सहउठान र आमुल परिवर्तनका भाषणहरु ।
उखुझ्याङ पछाडि एक दुइवटा लाश अनौठो लाग्दैन्थ्यो, सान्दिदी ।
हजुरबा त रातिराती हिंड्नुहुन्थ्यो, गाउबेशिको कामले ।
उहाँलाई सोध त,
यो कहालीलाग्दो रक्ताम्य युग हाम्ले कसरी काट्यौ ?
आँखिझ्याल पनि थुन्थ्यौ, साह्रै डर लाग्थ्यो;
अनी सासले बोल्थ्यौ सान्दिदी, सासले !!!
जनयुद्द, क्रान्तिको ज्वाला भन्थे,
पलपल होमिन उक्साउथेँ;
तर हामी त यसको रापमै जल्यौ, सान्दिदी !
सायद कहिल्यै नथाक्ने घाऊ बटुल्नलाई ।
गामबेशी गर्दै आफ्नो डोकेजीवनका,
पसिना चुहाउने बैशाखहरु यसरी कटे सान्दिदी ।
मनमा अझ थुप्रै पिडा छन,
नथाक्ने घाऊ त कती कती ।
गुनासा अझै बाँकी छन,
तिम्रो बियोग खप्न नसकेर
लालुपाते रुँदैछ,
देउराली सुसेल्दै छ,
चौतारी पर्खिरा’छ ।
एकचोटी गाउँ आउ है, सान्दिदी !!!
अतिका दिनहरु
अतिका दिनहरु सम्झेर आँसु पिई
एक्लै तड्पिएर बाँचिरहेछु ।
भाग्यको लेखा यस्तै रहेछ
तिमीलाई सम्झि यो मरुभुमिमा बाँचिरहेछु ॥
आकाशमा उड्ने चरीलाई के थाहा
सागरको गहिराइ कति छ भनेर ।
धोका दिने स्वार्थिलाई के थाहा
यो मनमा माया कति छ भनेर ॥
त्यो पारी पाखा पकेको काफल
चरीले नखाला ।
मायाले लेखि पठाएको सम्झनाको
मिठो पत्र च्यातेर नफाल ॥
एक्लै तड्पिएर बाँचिरहेछु ।
भाग्यको लेखा यस्तै रहेछ
तिमीलाई सम्झि यो मरुभुमिमा बाँचिरहेछु ॥
आकाशमा उड्ने चरीलाई के थाहा
सागरको गहिराइ कति छ भनेर ।
धोका दिने स्वार्थिलाई के थाहा
यो मनमा माया कति छ भनेर ॥
त्यो पारी पाखा पकेको काफल
चरीले नखाला ।
मायाले लेखि पठाएको सम्झनाको
मिठो पत्र च्यातेर नफाल ॥